Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


दाङमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै


455
Shares

दाङ । दाङमा केही दिनदेखि आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ ।

मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् ।

आँखा पाक्ने रोगको प्रकोपले तुलसीपुरको राप्ती आँखा अस्पतालमा दुईदिन यता बिरामीको चाप बढेको छ । एक हप्ता अघि राप्ती आँखा अस्पतालमा ३ सय ५० जना आँखा उपचारका लागि आउने गरेपनि हाल दैनिक ५ सय भन्दा बढी बिरामी आउने गरेको नेत्र अधिकृत शालिकराम गौतमको भनाइ छ ।

बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको संक्रमण बढी हुने गर्दछ । चिकित्सकका अनुसार बिरामीहरूमा कन्जन्टेभाइटिस, आँखा चिलाउने, रातो हुन, आँखा सुनिने र सुख्खा आँखाजस्ता समस्या पाइने गरेको छ ।

नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द कालेबाबु नारायण आँखा अस्पताल बहादुरगञ्ज, भालुबाङ आँखा उपचार केन्द्र तथा अन्य उपचार केन्द्रमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।