Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक


663
Shares

काठमाडौं । चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार डिएआर मुभिज युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सर्वजनिक दुई मिनेट लामो उक्त ट्रेलर यौन मनोविज्ञानमा आधारित छ । भिन्न पात्र र उनीहरुको यौन संवेग र चाहनालाई ट्रेलरमा चित्रण गरिएको छ ।

सार्वजनिक ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तलाई यौनकर्मीको भूमिकामा देखाइएको छ । एथोलजी विधामा रहेको चलचित्रमा सुरक्षासँगै उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ।

निर्देशक गणेश देव पाण्डेको निर्देशनमा बनेको यस चलचित्रमा हुन्। विवेक खड्काले छायांकन गरेको चलचित्रलाई अजय खड्काले सम्पादन गरेका छन्।

चलचित्र आगामी भदौ १ गतेदेखि प्रदर्शन हुनेछ।