काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानून बमोजिम दर्ता भएका उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ ।
नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरु नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन महासंघले माग गरेको हो । महासंघले लामो समयदेखि सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा वालुवा उद्योगहरु नविकरण नभएसम्म क्रसर उद्योगहरु बन्द गरिरहेको छ ।
महासंघका अध्यक्ष सीताराम न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालित क्रसर उद्योगहरूको तत्काल नविकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । उहाँले तत्कालीन कानून अनुसार दर्ता भई सञ्चालन अनुमति प्राप्त गरी सञ्चालित क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण गर्नु सरकारको दायित्व रहेको बताउनुभयो।
अध्यक्ष न्यौपानेले सरकारको विभागिय मन्त्रालयहरु गृह,भौतिक पूर्वाधार र अर्थ मन्त्रालयमा क्रसर उद्योग दर्ता नविकरणको लागि जाँदा एउटा मात्रै निकायले गर्न नसक्ने जवाफ दिएको भन्दै जिम्मेवार निकायहरुको जवाफले निजी क्षेत्रको अविभावक नभएको अनुभव भएको गुनासो गर्नुभयो । उहाँले प्रधानमन्त्रीले राष्ट्रिय क्रसर उद्योग दर्ता नविकरण नहुनु राष्ट्रिय समस्या भएको भनिसकेकाले तत्काल निर्णय गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले कानूनसम्मत दर्ता भएका उद्योग मापदण्डका कारण नविकरण नभएका उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने कर तिरेर नविकरण गरी सञ्चालन गर्ने विषयमा सरकारले तत्काल निकास दिनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्