२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


महिला विश्वकप फुटबलमा आजबाट समुह चरणका खेल सकिने


611
Shares

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा बिहीबारबाट समुह चरणका खेल सकिंदैछन् ।

समुह ‘एच’ का अन्तिम खेलहरुमा बिहीबार जर्मनी र दक्षिण कोरिया भिड्दा मोरक्कोले कोलम्बियासँग खेल्नेछ । अहिलेसम्म कोलम्बियाको ६ अंक छ भने जर्मनी र मोरक्कोको ३–३ अंक छ । दक्षिण कोरियाले अंक जोड्न सकेको छैन ।

यसअघि बुधबारको खेलमा ब्राजिललाई रोक्दै जमैका विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ । जमैकाले ब्राजिललाई गोलरहित बराबरीमा रोक्यो । समुहको अर्को खेलमा फ्रान्सले पानामालाई ६–३ ले पराजित गर्‍यो । यो समुहमा तिन खेलबाट ७ अंक जोडेको फ्रान्स र ५ अंक जोडेको जमैका राउण्ड अफ सिक्सटिनमा प्रवेश गरे ।

उता समुह ‘जि’ मा स्विडेनसँगै दक्षिण अफ्रिका पनि नक आउट चरणमा प्रवेश गर्‍यो ।