
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्न सक्ने बताउनुभएको छ ।
मंगलबार निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत आयात गरेर भएपनि प्राधिकरणले १०० प्रतिशत विद्युत ग्यारेन्टी गर्ने प्रतिवद्धता गर्नुभयो ।
कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधन बढ्दै जाँदा विद्युत अभाव हुने मान्छेहरुलाई चिन्ता लागे पनि विद्युतीय सवारी साधनका लागि विद्युत अभाव नहुने बताउनुभयो । उहाँले प्राधिकरणले अहिले विद्युत निर्यात गरिरहेको भन्दै विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने भन्ने कुरा गर्न नमिल्ने बताउनुभयो । उहाँले प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने नीति लिएको भन्दै निर्यात कम गर्नसक्ने बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्ने भन्दै हेरक वर्ष प्राधिकरणले १ हजार मेगावाट विद्युत थप गरिरहेको समेत बताउनुभयो । उहाँले विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा रहेको बताउनुभयो । उहाँले भारतबाट विद्युत आयात गर्दा ४ रुपैयाँमा आयात गर्ने बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले अब गाउँ–गाउँमा समेत विद्युतीय इन्डक्शन चुलो बाल्नुपर्ने बताउनुभयो । उहाँले गाउँघरमा दाउराको विकल्प भएकाले इन्डक्शन चुलो २४ सै घण्टा विद्युत मात्रै बाल्छु भन्न नहुने बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चाजिङ स्टेशनहरु राखेको भन्दै ५१ स्थानमा चार्जिङ स्टेशन चलिरहेको बताउनुभयो । उहाँले सुर्खेत, मुल्कोट, काठमाडौंको चार पाँच ठाउँमा चार्जिङ स्टेशन रहेको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणको कम्पाउण्ड भित्र रहेको चार्जिङ स्टेशन २४ घण्टामा २४ घण्टा लाइन लाग्ने गरेको बताउनुभयो । उहाँले प्राधिकरण थप १३ वटा चार्जिङ स्टेशन बनाउने तयारीमा रहेको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले बनाएका चार्जिङ स्टेशनले मात्रै नपुग्ने भन्दै अन्य धेरै ठाउँमा चार्जिङ स्टेशन आवश्यक रहेको बताउनुभयो । उहाँले प्राधिकरणले सार्वजनिक चार्जिङ स्टेशनको लागि विशेष व्यवस्था गरेको बताउनुभयो । उहाँले विनियम संशोधन गरेर २०० सम्मको ट्रान्सफर्मर प्राधिकरणले राखिदिने व्यवस्था समेत गरेको बताउनुभयो । उहाँले विद्युतीय गाडी जुनबेला बत्ति आउँछ त्यो बेला चार्ज गर्दा हुने बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले शतप्रतिशत विद्युत सप्लाई हुन्छ भनेर नेपालको अहिलको सिस्टममा भन्न नसक्ने बताउनु भयो। उहाँले सहज रुपमा सबैलाई विद्युत पु¥याउनको लागि ठूलो लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले करिब ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत २४ घण्टा पाउने अवस्था आउने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्