
काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानविनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उहाँले पनि सो आवश्यकता औंल्याउनुभएको हो ।
मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने समेत बताउनुभयो ।
सांसद पौडेलले सो प्रकरणको छानबिनको विषयलाई सरकारले गम्भिरतापूर्वक नलिएको आरोप समेत लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्