१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


मनिष डाँगी थाई लिग टु क्लब रायोङग एफसीमा अनुबन्धित


1.807k
Shares

काठमाडौं । नेपाली फुटबलर मनिष डाँगी थाई लिग टु क्लब रायोङग एफसीमा अनुबन्धित भएका छन् ।

थाई लिग टु थाइल्याण्डको दोश्रो श्रेणीको लिग हो ।

थाई लिग टु क्लब रायोङ एफसीले मनिषलाई अनुबन्ध गरेको जनाएको छ । उनी थाई क्लबमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेका छन् ।

उनले नागावल्र्ड एफसी विरुद्धको खेलमा पायोङ्गका लागि असिस्टसमेत गरेको क्लबले जनाएको छ ।

गत सिजनमा संकटा एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका मनिषले नेपालका लागि १७ खेल खेल्दै ३ गोल गरेका छन् । उनले २०२१ मा ईराकविरुद्ध डेब्यु खेलमै गोल गरेका थिए ।