काठमाडौं । तन्नेरीहरुको भावनालाई समेटेर युवा गीतकार महेश आचार्यले लेखेको गीत शिव परियारले स्वर भरेर भिडियोमा उतारेपछि युट्यूबमा चर्चा बटुल्न थालेको छ ।
‘मलाइ म जस्तै बन्न देऊ’ बोलको गीतमा कलेज पढ्ने पुस्ताको भावना समेछिएको छ । त्यसैले यतिबेला गीत युवापुस्ताको पहिलो रोजाइमा बनेको छ ।
हेर्दै फरक अनुभूति दिने अर्थपूर्ण दृश्यहरुमा कृतिका कार्कीको अभिनयलाई सुजु पान्डेको शृङ्गारमा लुःजः सिंहले कलात्मक ढङ्गले खिचेका छन भने भरत रेग्मीले सम्पादन गरेका छन । भिडियोलाई संगिता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
हरेक वाक्यले युवापुस्ताको मनोभावनालाई केलाएको महेश आचार्यको शब्दशिल्पीलाइ सुजिल कर्माचार्यले इडिएम भर्सनमा संयोजन गरेर नयाँ उचाइ दिएका छन ।
स्वतन्त्रता चाहने युवाको मनोविज्ञान समेटेर गीत तयार पारिएको गीतकार आचार्यको भनाइ छ ।
गीतमा देखाइएको दृश्यले तन्नेरीहरुको गतिविधी र मनोभावना प्रष्ट देख्न पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्