Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


वायुसेवा सञ्चालक संघद्वारा हवाइ सुरक्षाका लागि टास्कफोर्स गठन


1.4k
Shares

काठमाडौं । पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ ।

हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दाे बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता लगाउन उक्त समिति गठन गरिएको हो ।

प्राधिरकणले असार २८ गतेदेखि हेलिकोप्टरहरूले उडानको सुरु गन्तव्यमा नफर्की बिचबाटै अन्य गन्तव्यमा गएको जनाउँदै चालु मनसुन अवधिभर (सेप्टेम्बर २०२३ सम्म) माउन्टेन, स्लिङ र पुष्पवृष्टिका उडानमा रोक लगाएको छ ।

बिहान एक ठाउँबाट उडान गरेका हेलिकोप्टर दिनभरि आफूखुसी उडान गरेर बेलुका मात्रै गन्तव्यमा आउने गरेको पाइएको भन्दै प्राधिकरणले टावरलाई समेत जानकारी नगराई उडान गर्दा हवाई दुर्घटना बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको हो ।

संघले हवाई सुरक्षा अभिवृद्धिका लागि गठन गरेको टास्कफोर्स समितिमा क्याप्टेन हीराबाबु दाहाल, रवि कंसाकार र नारायणबहादुर सिंह डंगोल रहेका छन् ।

Skip This