Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


५० लाखसम्मको शेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार


0
Shares

काठमाडौं । ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा दिँदा शतप्रतिशत जोखिम भार राखे पुग्ने भएको छ ।

शुक्रबार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै शेयर धितोकर्जामा २५ लाखसम्म कर्जा दिँदा कायम गर्नुपर्ने १०० प्रतिशत जोखिम भारको सिमालाई बढाएर ५० लाख पु¥याएको हो । राष्ट्र बैंकले गएको ७ गते सार्वजनिक गरेको मौद्रिक नीति बमोजिम आज सर्कुलर जारी गरेको हो ।

यसैगरी, राष्ट्र बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा २ प्रतिशत विन्दु मात्रै प्रिमियम थप गर्न पाउने व्यवस्था गरेको छ । निजी क्षेत्रले थप प्रिमियममा सीमा तोक्न लामो समयदेखि माग गर्दै आएका थिए ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो आधार दर भन्दा पनि कम ब्याजदरमा कर्जा प्रवाह गर्न पाउने भएका छन् । तर, यस्तो कर्जा सरकारी कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता वा अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्र एवं वर्गमा ऋण परिचालन हुनेगरी सञ्चालन गरेको कार्यक्रमका लागि मात्र प्रवाह गर्न पाइने भएको हो ।