Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


उपचार गरिरहेको भिडियो बिरामीको मन्जुरीबिना सामाजिक सञ्जालमा नराख्न काउन्सिलको आग्रह


767
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्ने गरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मन्जुरी नलिई सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भन्नुभयो, कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ ।’

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ । रजिस्ट्रार डा. अधिकारीले भन्नुभयो, ‘चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन ।’

सो नियमावली विपरीत भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उहाँले बताउनुभयो ।