Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पुनः पारित


455
Shares

काडमाडौं । राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले सभाका सचिव डा. सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो । सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधि सभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो ।

राष्ट्रिय सभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि बाटो खुलेको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते बिहीवार १ बजे बस्नेगरी स्थगित भएको छ ।