Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसकाे निर्णय


4.9k
Shares

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले सरकारले थालेको भ्रष्टाचार बिरोधी जुनसुकै अभियानमा साथ दिने निर्णय गरेको बताउनुभयो । उहाँले कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीति लिएको बताउनुभयो । उहाँले बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका माथिको कारबाही फुकुवा गरेको पनि बताउनुभयो । बैठकले जुम्लाबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य जितेका देवेन्द्र शाही र सर्लाहीबाट प्रदेशसभा सदस्य जितेका जंगीलाल रायको कारबाही फुकुवा गरेको छ ।

जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिवासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको महामन्त्री शर्माले बताउनुभयो ।

Skip This