Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


मकालु यातायातको टिकट अब अनलाइनबाट काट्न सकिने


0
Shares

काठमाडौं, भदौ २२ । मकालु यातायातको टिकट अब अनलाइनबाट काट्न सकिने भएको छ ।

मुलुकको पूर्वी क्षेत्रमा सार्वजनिक यातायात सन्चालन गर्दै आएको माउन्ट मकालु यातायात प्रालिले अनलाइन टिकट सेवा सुरु गरेको हो ।

कम्पनीले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सेवाको औपचारिक सुरुआत गरेको हो ।

यो सेवासँगै अबदेखि पूर्वी नेपालका भद्रपुर, काँकडभिट्टा, ताप्लेजुङ, विराटनगर, जनकपुरलगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिने भएको कम्पनीले जनाएको छ ।

हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा यातायात क्षेत्रलाई पनि प्रविधिमैत्री बनाइ यात्रीलाई सुविधा प्रदान गर्ने उद्देश्यले सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।