
काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा बुधबार दोस्रो चरणका तिन खेल हुँदैछन् ।
बुधबारको पहिलो खेलमा समुह ‘बि’ को क्यानाडाले आयरल्याण्डको सामना गर्नेछ । दुबै टोली पहिलो जितको खोजीमा छन् ।
पहिलो चरणको खेलमा आयरल्याण्डलाई अष्ट्रेलियाले १–० ले हराएको थियो भने क्यानाडले नाइजेरियासँग गोलरहित बराबरी खेलेको थियो ।
बुधबार नै हुने समुह ‘सि’ का खेलहरुमा जापान र कोस्टारिका तथा स्पेन र जाम्बिया भिड्नेछन् । पहिलो चरणको खेलमा जापानले जाम्बियालाई ५–० ले हराएको थियो भने स्पेनले कोस्टारिकामाथि ३–० को जित निकालेको थियो ।
महिला विश्वकप फुटबलमा मंगलबारको खेलहरुमा फिलिपिन्सले न्युजिल्याण्डलाई १–० ले हराउँदा कोलम्बियाले दक्षिण कोरियालाई २–० ले पराजित ग¥यो । स्विटजरल्याण्ड र नर्वेले भने गोलरहित बराबरीमा चित्त बुझाए ।
प्रतिक्रिया दिनुहोस्