१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


स्वदेशी-विदेशी लगानी प्रोत्साहन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

भारतको इन्टरनेसनल फेडेरेसन अफ यादव चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘इन्डो नेपाल बिजनेस समिट’को उद्घाटन गर्दै उनले विकासका लागि सरकारले एकद्धार नीति अवलम्बनको तयारी गरिरहेको पनि बताए ।

सरकारको प्राथमिकता सुशासन र आर्थिक विकास रहेको भन्दै उनले लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरे ।

उनले स्वदेशी लगानीकर्तालाई पनि ढुक्क भएर लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा इन्टरनेसनल फेडेरेसन अफ यादव चेम्बर अफ कमर्सको संयोजनमा १२ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गर्ने घोषणा गरिएको थियो ।