Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


मौद्रिक नीतिले अर्थतन्त्रका समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र


91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिप्रति निजी क्षेत्र असन्तुष्ट रहेको छ ।

निजी क्षेत्रका तीन वटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले साेमबार संयुक्त विज्ञप्ति जारी गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आउन नसकेको जनाएका हुन् ।

मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निजी क्षेत्रको ठहर छ । उच्च ब्याजदर, न्युन माग, नगद प्रवाहमा भएको समस्या, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको थियो ।

तर, मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले लिएको नीतिले अर्थतन्त्रलाई मन्दिको अवस्थाबाट उकास्न सहयोग पुग्ने दैखिंदैन–विज्ञप्तिमा भनिएको छ । मौद्रिक नीतिमा गरिएका अधिकांश व्यवस्थाको प्रभाव यस सम्बन्धी निर्देशिका सार्वजनिक नभइ यकिन हुन नसक्ने देखिएको पनि निजी क्षेत्रले जनाएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको कार्यदिशा अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको भनिएपनि यसले लिएका प्रावधानले त्यसलाई पुष्टि गर्न नसकेको निजीक्षेत्रको निचोड छ ।