१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


वीपी राजमार्ग र सुरुङ निर्माणका लागि जापान सरकारसँग छलफल गर्ने : मन्त्री ज्वाला


416
Shares

काभ्रे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारले वीपी राजमार्गको विस्तार तथा सुरुङ मार्ग निर्माणको विषयमा जापान सरकारसँग छलफल गर्ने बताउनुभएको छ ।

शनिबार समाजवादी प्रेस सङ्गठन काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले आगामी जापान भ्रमणको क्रममा वीपी राजमार्ग विस्तार र सुरङ मार्ग निर्माणको विषयमा छलफल हुने जानकारी दिनुभयो ।

विभिन्न कारणले हालसम्म सडक सुरक्षा बिधयेक बनाउने काम अघि बढ्न नसकेको भन्दै उहाँले अब छिट्टै समस्याको किनारा लगाइने बताउनुभयो ।