Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


भारतको पिएम गतिशक्ति मास्टर प्लानबारे योजना आयोगलाई ‘व्रिफिङ’


182
Shares

काठमाडौं । भारतबाट आएको प्रतिनिधि मण्डलले बुधबार राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरु योजना (पिएमगतिशक्ति मास्टर प्लान) सम्बन्धी ‘व्रिफिङ’ गरेको छ ।

पिएम गति शक्ति मास्टर प्लान सन् २०२१ बाट भारतमा सुरुवात गरिएको कार्यक्रम हो । यसको उद्देश्य एकीकृत तथा मल्टि मोडल पारवाहन प्रणालीमार्फत पारवाहन पूर्वाधारहरुको दक्षतामा सुधार गर्ने रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन अनुसार पिएम गतिशक्ति मास्टर प्लान बनाएर काम गरेको भन्दै प्रविधिको उच्चतम प्रयोग गरी छिमेकी राष्ट्रयहरुले पनि लाभ लिन सकुन भन्ने उदेश्यले यस्तो योजना बारे जानकारी गराएको प्रतिनिधि मण्डलको नेतृत्व गर्नु भएकी भारतीय वाणिज्य मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रर्वद्धन विभागका विशेष सचिव सुमिता डाउराले बताउनुभयो ।

उक्त योजनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका समयमा पनि छलफल भएको बताइएको छ छलफलमा आयोगका सदस्य डा. जयकान्त राउत, निमित्त सदस्य सचिव सुमन दाहाल, आयोगका सहसचिव डा. किरण रुपाखेती, परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाका सहसचिव रामप्रसाद सुवेदी लगायत सहभागी हुन भएको थियो ।