१४ श्रावण २०८२, बुधबार | Thu Jul 31 2025


भारतमा भारी वर्षाका कारण ताजमहल जलमग्न हुँदा सयौं पयर्टक संकटमा


988
Shares

एजेन्सी । भारतको प्रसिद्ध पर्यटकीय गन्तव्य आगरास्थित ताजमहल जलमग्न हुँदा सयौं पयर्टक अलपत्र परेका छन् ।

४५ वर्षको इतिहासमा ताजमहल वर्षाका कारणा जलमग्न भएको हो ।

भारतमा जारी भारी वर्षा र बाढीका कारण विभिन्न शहर डुबानमा परेको बेला यसको असर ताजमहलमा पनि परेको छ ।

भारतको यमुना नदीको पानी ताजमहलको दशहरा घाट र मेहताब बागमासम्म पुगेको हो ।

ताजमहल लगायत अन्य ४० गाउँ डुबानमा पर्ने आंकलन सहित सचेत रहन सर्वसाधारणलाई सचेत तुल्याइएको छ ।

बुधबार बिहान आठ बजे नगरको यमुना नदीको पानीको बहाव ४ सय ९९ फिट सम्म पुगको थियो । बाढीले यमुना नदी तटबन्ध भत्काएसँगै विभिन्न शहर थप प्रभावित भएका हुन् ।