
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बुधवारको बैठक शुरु भएको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठक पनि कांग्रेसले लाइभ गरेको छ । कांग्रेस बैठक एक वर्षपछि हिजो मंगलबारबाट शुरु भएको हो । मंगलबारको बैठकमा पार्टी महामन्त्री गगन थापाले एकवर्षे कार्यतालिका केन्द्रीय कार्यसमितिमा प्रस्ताव गर्नुभएको थियो । थापाले अबउप्रान्त केन्द्रीय कार्यसमितिको बैठक आकस्मिक अवस्थामा बाहेक असोज, मंसिर, माघ, चैत, जेठको पहिलो साता बस्ने समयबद्ध तालिका नै प्रस्ताव गर्नुभएको थियो ।
त्यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत हुने १० वटा एजेण्डा प्रस्तुत गर्नुभएको थियो । उपसभापति पूर्ण बहादुर खड्का, नेता रमेश लेखक, आनन्दप्रसाद टुंगाना,गोपालमान श्रेष्ठ लगायतले बिभिन्न प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्