६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


उपकरण नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या


767
Shares

नपलपुर । नवलपरासीमा सुविधायुक्त उपकरण नहुँदा सर्पले डसेर गम्भीर अवस्थामा आएका बिरामीको उपचारमा समस्या भएको छ ।

पछिल्ला वर्षमा जिल्लामा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ ।

जिल्लामा पृथ्वीचन्द्र जिल्ला अस्पताल, बर्दघाटस्थित चिसापानी अस्पताल र त्रिवेणीस्थित नेपाली सेनाको ब्यारेकमा सर्पदंशका बिरामीहरुको उपचार हुँदै आएको छ । त्यस्तै सुनवल नगरपालिकाको सहयोगमा युक्ती महाविद्यालय जर्गाहामा निर्माण गरिएको सर्पदंश उपचार केन्द्र औषधि नभएर बन्द भएको छ ।

सुविधा नहुँदा बिरामीलाई भैरहवा, बुटवल र चितवन पठाउने गरिएको स्वास्थ्य संस्थाहरुले जनाएको छ । पृथ्वीचन्द्र जिल्ला अस्पतालमा ५ बेडसहितको आइसियु कक्षमा २ वटा भेन्टिलेर भएपनि जनशक्ति अभावका कारण सेवा सञ्चालन गर्न नसक्दा गंभिर अवस्थाका बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाउने गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताउनुभयो ।