२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सांसद बास्कोटाद्वारा गुठीसँग सम्बन्धित समस्या समाधानका गर्न माग


130
Shares


काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले देशभरी गुठीसँग सम्बन्धि जग्गाहरुमा समस्या रहेको भन्दै समस्या समाधानका लागि माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले वर्षौंदेखि जमिन जोतिरहेकाहरुको आफ्नो नाममा जग्गा आउन नसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘देशैभरी गुठीसँग सम्बन्धित समस्या छ । हाम्रो सरकार, हामी राजनीतिक दलहरु सबै हामी समाजवादी हौँ भन्छौँ, किसानलाई न्याय दिन्छौँ भन्छौँ । तर जसले जमिन जोतिरहेको छ, वर्षौदेखि, पुस्तौँ पुस्तादेखि तिनका नाममा बाबु, बराजु सबै बितिसके । आजपनि उनको जमिन दर्ता हुन सकेको छैन ।

सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा गुठी समस्या रहेको सांसद बास्कोटाको भनाई थियो ।