११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


लुम्बिनी प्रदेश सभा बैठक बस्दै


78
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक शनिबार बस्दैछ ।

असार २० गते राति १८ औं बैठकबाट आगामी वर्षको बजेट पारित भएसँगै सभामुख तुलाराम घर्तीले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठक शनिबार दिउँसो १ बजेका लागि आह्वान गरिएको हो ।

बैठकमा प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने र स्वास्थ्य संस्था स्थापना,संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ ।

बैठकबाट एक विधेयक फिर्ता हुने कार्यसूची रहेको सूचनामा उल्लेख छ । लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना,संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो ।

प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी भइरहेको छ ।