Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


मधेसमा सधैं अवैध हतियारको त्रास


949
Shares

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका–८ तारापट्टीकी ४२ वर्षीया उषादेवी दास र बारा कलैया नगरपालिका–१८ घर भई तारापट्टीमै बस्ने २२ वर्षीय ओमलाल मण्डल प्रेम सम्बन्धमा थिए। प्रेम सम्बन्ध विवाह बन्धनमा बाँधिन दबाब दिँदा उषादेवी प्रेमीबाटै मारिइन्। प्रेमिकाको हत्या आरोपमा मण्डल धनुषा प्रहरीको हिरासतमा छन्।

प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार तारापट्टीमै घर बनाउने मिस्त्रीका रूपमा काम गर्दै आएका मण्डल उषादेवीसँगको प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ।

उषादेवीले विवाह गर्न जिद्दी गरेपछि झगडा हुँदै आएको थियो। १० वर्षअघि पतिको मृत्यु भएपछि गाउँमै रक्सीभट्टी सञ्चालन गर्दै आएकी उषादेवी र मिस्त्रीको काम गर्दै आएका ओमलालबीच डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

उषादेवीले पटकपटक विवाह गर्न दबाब दिए पनि ओमलाल टाढिन खोज्थे। जेठ २५ गते राति ११ बजेतिर दुवै जनाबीच विवाहकै विषयमा विवाद भएको थियो। ओमलालले थप्पड हानेपछि उषा बाहिर निस्कन खोजिन्। ओमलालले घाँटी थिचेर उषादेवीलाई मारेको प्रहरी अनुसन्धानमा खुलेको छ।

उषादेवीको मृत्यु भइसकेपछि ओमले शवलाई चाँडो सडाउन उनको कपडा खोलेर नांगै खाल्डोमा गाडेका थिए। सो कपडा पोखरीको अर्को छेउमा गाडेर उषादेवीले प्रयोग गरेको मोबाइलसमेत पोखरीमै फालेको खुलेको प्रहरीले जनाएको छ। घाँटी थिचेर हत्या गरी शव घरभन्दा २० मिटर दक्षिण–पश्चिमतर्फको पोखरीछेउमा गाडिदिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।