१५ जेष्ठ २०८१, मंगलबार | Tue May 28 2024


शैक्षिक परामर्श संघको नेतृत्व चयन शनिवार, पाण्डेको साथ भट्टराईलाई


559
Shares

काठमाडौं । शैक्षिक परामर्शदाताहरूको संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को भावी नेतृत्व छनोटका लागि शनिबार चुनाव हुँदैछ ।

नयाँ नेतृत्वका लागि शेषराज भट्टराई समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएको छ । शनिबार हुने इक्यान महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि भट्टराई समूह चुनावी मैदानमा उत्रिएको हो । भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यस्तै भट्टराई समूहको कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, होेमराज थापा, राजेश श्रेष्ठ, मनोरथ शाह र वसन्त पाण्डेको उम्मेदवारी परेको छ ।

भट्टराईको समूहका सबै उम्मेदवार अनुभवी, दक्ष र गतिशील रहेका सो समूहका समर्थकको भनाई छ । भट्टराई समूहका ब्यक्तिहरुले आफूहरु नेतृत्वमा चुनिएको खण्डमा संस्थाको गरिमालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।अध्यक्षका उम्मेदवार भट्टराईले आफू निर्वाचित भएमा विभिन्न नाममा सिर्जित उल्झन, व्यवधान, शंका र टिप्पणीले यो क्षेत्रमाथि प्रहार भइरहेको बताउँदै सबै समस्याहरु सामाजिक र राज्यस्तरबाट समाधान गर्ने गरी व्यवसायिक प्रतिष्ठा बढाउन सक्दो प्रयास गर्ने बताउनु भएको छ ।

अध्यक्षका लागि ४ जनाले उम्मेदवार दिएपनि मुख्य प्रतिस्पर्धा भट्टराई र बिष्णुहरी पाण्डेबीच हुने देखिएको छ । वर्तमान अध्यक्ष प्रकाश पाण्डेले शेषराज भट्टराईको समूहलाई समर्थन गर्ने घोषणा गरिसक्नु भएको छ । पाण्डेको साथले भट्टराई बलियो देखिनु भएको छ ।