Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


२५ सय बिघामा आँखा गाड्दै निजी क्षेत्र


9.5k
Shares

काठमाडौं । सुनसरीको बराह क्षेत्र नगरपालिका–६ र ९ मा पर्ने करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन निजी क्षेत्रले भाडामा माग गरेको छ।

निजी क्षेत्रको एक कम्पनीले पर्यटन र कृषि उद्यम गर्न भन्दै ९९ वर्षका लागि श्रीलंका टापु क्षेत्रको २५ सय बिघा जग्गा भाडामा भोगचलन गर्न दिन माग गरेको हो।

श्रीलंका टापुमा निजीभन्दा पनि बढी ऐलानी (सरकारी) जग्गा छ। त्यहाँको बस्ती स्थानान्तरण गरी सो जग्गा भाडामा दिनुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ।

हरेक वर्षायाममा त्यहाँका जनताले कोसीको कहर खेप्नुपर्ने अवस्था रहेको छ। उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रस्तावसहित त्यहाँको जग्गा भाडामा दिन माग गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

निजी क्षेत्रको कम्पनी लुम्बिनी एग्रो फाउन्डेसनले श्रीलंका टापुको २५ सय बिघा ९९ वर्षका लागि भाडामा लिन प्रस्ताव गरेको हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।