२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


सरकारले ठगी गर्ने सरकारीलाई कानून अनुसार कारबाही गर्छः मन्त्री श्रेष्ठ


169
Shares

काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगी गर्ने सहकारीहरुला कानून अनुसार कारबाही गरिने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनुभएको हो । उहाँले सरकारले ठगि गर्ने सहकारीहरुको अनुगमन र जाँचबुझ गरी प्रचलित कानून अनुसार कारबाही प्रक्रिया जारी रहेको बताउनु भयो।

उहाँले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको बताउनु भयो। उहाँले १५ वटा जिल्लामा गुनासो सुनुवाईको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरुको तथ्याङक विश्लेषण गर्ने कार्य भइरहेको बताउनु भयो।

उहाँले आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने बताउनु भयो।