
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्वीकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले संसद बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताउनुभएको छ । उहाँले सभामुखले कसैको आग्रह र दवावलाई स्वीकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताउनुभयो ।
सांसद पौडेलले संसद चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने बताउनुभयो । प्रश्न सोधिएकै दिन प्रधानमन्त्रीलाई स्पष्टिकरण दिन दिनुपर्ने भन्दै तिन दिन बिना अर्थमा संसद बन्द गरिएको बताउनुभयो ।
सांसद पौडेलले एमालेले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ के आयो भनि प्रश्न समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्