बैतडी । बैतडीको मेलौलीमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या ३९ पुगेको छ ।
सोमबार पञ्चेश्वरबाट महेन्द्रनगर जादैं लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो ।
बसमा ४० जना यात्रु सवार रहेका र तीमध्ये ३९ जना घाइते भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उहाँले घाइतेको उद्धार गरिएको छ, घाइतेमध्ये अधिकांश अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।
घाइतेहरुको उद्धार गरि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । सडकबाट ४०० मिटर तल खसेर रुखमा अड्किएको बस दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्