 
	    काठमाडौं । गत मंगलबार मृत्यु भएका रकगायक रोविन तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको शव आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ ।
नक्सालस्थित एकेडेमीको प्रांगणमा शव राखी श्रद्धाञ्जली दिइने भएको हो । श्रद्धान्जलीपछि तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको छ ।
रोविनका दुई छोरीहरु छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आइतबार अन्त्येष्टि गर्न लागिएको हो ।
गत मंगलबार बूढानीलकण्ठस्थित आफनै निवासमा उनको मृत्यु भएको थियो । ‘रविन एन्ड द लुज ब्यान्ड’ का गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्