Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक


2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री दाहालले सोमबार भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको हो ।

प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्ति देशको सार्वभौमिकताविरूद्ध भएको र यसले संसदको मानमर्दन गरेको भन्दै यसबारे एमालेले टिप्पणी गरेकाे छ ।

एमाले यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन दिउँसो १: ३० बजे संसदीय दल बैठक बोलाएको हो । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति घातक भएको र नेपालको संविधान, मुलुकको सार्वभौमतामाथि अपमान भएको एमालेको भनाई छ ।