
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।
आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवसकार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध रजनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिरा ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले यी सबै कामको जिम्मेवारीकम्युनिष्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजीगरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरुले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्