Logo १३ पुस २०८२, आइतबार | Mon Dec 29 2025


लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरु प्रतिबद्ध हुन सकेनन् : अग्नि सापकोटा


117
Shares

काठमाडौं । पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको बताउनुभएको छ ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्वसभामुख सापकोटाले अहिले पार्टीभित्र विचौलिया, माफिया मात्रै नभइ एकअर्कालाई आरेप लगाएरु मूल्य, मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको बताउनुभयो । उहाँले लोकतन्त्र प्रवचनको विषय नभइ जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको बताउनुभयो । उहाँले लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरु प्रतिवद्ध हुन नसकेको बताउनुभयो ।

पूर्वसभामुख सापकोटाले कुनैपनि लाभका लागि सिद्धान्तको बली चढाउनु निर्लज्जताको कुरा भएको बताउनुभयो । उहाँले पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको बताउनुभयो ।