२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


सेयरबजारको वृद्धिमा ‘ब्रेक’


0
Shares

काठमाडौं, भदौ २१ । पछिल्ला दिन उकालो लाग्दै रहेको सेयरबजारको वृद्धिमा साताको अन्तिम दिन ‘ब्रेक’ लाग्यो । नेप्से ऋणात्मक रह्यो भने कारोबार उच्च नै रह्यो ।

तीव्र उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ४ अंक बराबरले ऋणात्मक रहेर १२ सय २९ मा आएर थामियो ।

उत्पादनमूलक, अन्य र व्यापार समूह सकारात्मक रहे भने अरु सबै समूह ऋणात्मक रहे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ८४ अंकले झर्‍यो । जीवनबिमा समूह पनि ३८ अंकले ओरालो लाग्यो । जलविद्युत्, विकास बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले ओरालो लागे । उत्पादनमूलक र अन्य समूह भने दोहोरो अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीका ३२ लाख २८ हजार कित्ता सेयर झन्डै ८० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।