२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


राजश्व र करको भरमा मात्रै देश चल्न सक्दैन : सांसद सुवाल


130
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा अब प्रगतिशिल कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारको राजश्वको स्रोत सवारी आयात,मदिरा आयात,मदिरा उत्पादनमा अन्तशुल्क,जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो नभएको बताउनु भयो । उहाँले सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयो ।

उहाँले एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक भएपनि देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै रहेको बताउनु भयो । उहाँले आयकर ९४ करोड मात्रै हुनु प्रगतिशिल कर प्रणाली नहुँदाको परिणाम भएको बताउनु भयो ।