Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


निजामति सेवामा आकर्षक प्याकेज ल्याउनुपर्छ : अध्यक्ष रेग्मी


988
Shares

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामति सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरु ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष रेग्मीले नागरिकहरु निजामति सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजि हुनुपर्ने बताउनुभयो । उहाँले अभिभवकहरुले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि निजामति सेवामा आकर्षण घट्नुको कारण हुनसक्ने बताउनुभयो । उहाँले मुलुकको सामथ्र्यअनुसार अरु सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष रेग्मीले पेन्सन भएर पनि कर्मचारी बसिरहेको नयाँले काम पाउँथे की भन्ने विषय छ । त्यसरी कर्मचारीले २० वर्षमै पेन्सनमा जाने भए भने पेन्सनमा सरकारको दायित्व अत्याधिक बढी हुन्छ, अनुभवि कर्मचारी निजामति सेवामा नरहेर निजामति सेवालाई असर पुग्छ । प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ ।’

अध्यक्ष रेग्मीले निजामति कर्मचारीहरु २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्याधिक बढ्ने र अनुभवि कर्मचारी निजामति सेवामा नहुने समस्याले निजामति सेवालाई नै असर पुग्ने स्थिति आउने बताउनुभयो । उहाँले प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताउनुभयो ।