Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


पाँच वर्ष यो गठबन्धन केही हुने छैन : प्रधानमन्त्री दाहाल


286
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताउनुभएको छ ।

धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताउनुभएको हो ।

१८ औँ शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ भन्ने नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्रीले अहिले पनि आफू दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा ध्यान दिने गरेको बताउनुभयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति हावी भएको उहाँले बताउनुभयो । आफूले देश र नागरिकका पक्षमा राम्रो गर्दै जाने बताउँदै नागरिकका पक्षमा गरेका कामको नागरिकले नै फैसला गर्ने उहाँको भनाइ थियो ।