Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार


91.1k
Shares

काठमाडौं । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियरको क्यानले प्रहार भएको छ।

रोमानियामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गर्दा सपूतमाथि बियरको क्यान प्रहार भएको हो।

गायक सपुतलाई क्यान प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा सपुतले गीत गाइरहँदा बेला अचानक दर्शक दिर्घाबाट बियरको क्यानबाट प्रहार भएको देखिन्छ।

उनको अनुहारमै बोतल लागे लगत्तै सपूतले हातले मुख छोप्दै स्टेज छाड्छन्। आयोजकले तत्काल बोतल प्रहार गर्नेलाई समातेका थिए।