Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


कर्णाली प्रदेशसभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटना


689
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद एवं कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ ।

गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

दुर्घटनामा सांसद खड्कासहित नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार घाइते हुनेमा चौरजहारी नगरपालिका –७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका छन् ।

गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।