
काठमाडौं । नेपाल र मार्सल आइसल्यान्ड बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
शनिवार नेपालका संयुक्त राष्ट्रसंघ प्रतिनिधि अमृत राई र मार्सल आइसल्यान्डका समकक्षी बीचमा एक कूटनीतिक समझदारीमा हस्ताक्षर भएपछि नयाँ कूटनीतिक सम्बन्ध बनेको हो । आजै न्यूयोर्कमा दुई देशको सम्बन्ध स्थापनामा हस्ताक्षर भएको नेपालको संयुक्त राष्ट्रसंघ मिसनले जानकारी दिएको छ ।
हिजो मात्रै नेपाल र क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । संयुक्त राष्ट्रसंघका १८३ सदस्यमा नेपालले अब सम्बन्ध स्थापना गर्न १२ देश बाँकी छन् ।
प्रतिक्रिया दिनुहोस्