काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणिकरण लगाउने मन्त्रिपरिषद्को सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ ।
तत्कालिन राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण नगरेको सो विधेयक संवैधानिक र कानूनी हिसाबले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमाणिकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने उहाँको तर्क थियो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको जिकीर गर्दै पछि हटन आग्रह गर्नुभयो । उहाँले गैर आवासीय नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था पनि उपयुक्त नभएको बताउनुभयो ।
सांसद सुवालले नेपालको भूराजनीतिका कारण पनि गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था उपयुक्त नभएको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्