
काठमाडौं । उपराष्ट्रपति कार्यालय बारेको बजेट पुस्तिका वितरण नगरिएका प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
शुक्रबार बसेको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत शीर्षकमा छलफल भइरहेका बेला एमाले सांसद महेश बर्तौलाले सभाको कार्यसूचीमाथि प्रश्न उठाउनु भएपछि बैठक स्थगित गरिएको हो । बर्ताैलाले उपराष्ट्रपति कार्यालय अन्तर्गतको विनियोजित बजेटमाथि छलफलको कार्यसूची राखिए पनि सो बारेको बजेट पुस्तिका वितरण नगरिएको बारे जानकारी गराउनुभएको थियो ।
त्यपछि सभामुख देवराज घिमिरेले बैठक संचालन गर्न खोज्दा बर्तौलाले संसद्मा छलफल हुने विषयमाथि सांसदले अध्ययन गर्न पाउनुपर्ने अधिकार रहेको बताएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्