३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


लमजुङमा आज विहान भूकम्पको धक्का


2.327k
Shares

काठमाडौं । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर शुक्रबार विहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ५ बजेर ५५ मिनेट जाँदा लमजुङको राइनास नगरपालिका भलायखर्क आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

लमजुङ, तनहुँ र गोरखामा भूकम्पको धक्का महसुश गरिएको थियो । यो भूकम्प गोरखा भूकम्पको परकम्पन नभई नयाँ भूकम्प भएको पनि भूकम्प मापन केन्द्रले जनाएको छ ।