Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


भारतको उत्तराखण्डमा तीर्थयात्री चढेको जीप दुघर्टनामा १० को मृत्यु


2.1k
Shares

एजेन्सी । भारतको उत्तराखण्डमा तीर्थयात्री चढेको जीप दुघर्टना हुदा १० जनाको मृत्यु भएको छ ।

उत्तराखण्डको पिथौरागड जिल्लास्थित होकारा देबी मन्दिर दर्शनका लागि तीर्थयात्री लिएर गईरहेको बोलेरो जीप सडकबाट ५ सय मिटर तल खाल्डोमा खसेको भारतीय संचारमाध्यमले जनाएका छन । दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

दुर्घटना लगतै घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरि शवहरु निकालेका थिए । खाल्डो गहिरो भएका कारण उद्धारमा कठिनाई भएको बताइएको छ ।