८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


समझदारी कार्यान्वयनका लागि भारतीय अधिकारीहरुको ध्यानाकर्षण गराउँछु : दाहाल


0
Shares

काठमाडौं, भदौ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र समझदारी कार्यान्वयनका लागि आफूले भारतीय अधिकारीहरुको विशेष ध्यानाकर्षण गराउने बताएका छन् ।

भारतीय विश्व सम्बन्ध परिषदको निमन्त्रणामा तीनदिने भ्रमणका लागि भारत जानुअघि बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दाहालले सम्झौताहरुको कार्यान्वयन महत्वपूर्ण विषय भएको बताए ।

दाहालले भारतमा नेपाल–भारत सम्बन्धका भावी परिप्रेक्षकाबारेमा प्रवचन दिने कार्यक्रम रहेको छ ।

अध्यक्ष दाहालको भ्रमणकाक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेताहरुसँग भेटघाट हुने जनाइएको छ ।

भारतबाट फर्केर दाहाल यही भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।