
काठमाडौ । आइसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा बिहिबार नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गर्दैछ ।
जिम्बावेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि वेस्ट इन्डिजलाई ब्याटिङका लागि निम्तो दिएका हुन् ।
नेपालले बलिङ रोजेपछि वेस्ट इन्डिज पहिले ब्याटिङ गर्दैछ । नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ–११ लाई नै निरन्तरता दिएको छ ।
इन्डिजविरुद्ध तेस्रो खेल खेल्दै गरेको नेपाल उसलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न दाउमा छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।
उता पहिलो खेलमा अमेरिकालाई पराजित गरेको वेस्ट इन्डिज नेपाललाई पराजित गरि सुपर सिक्सको सम्भावना बलियो बनाउने योजनामा रहेको छ ।नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्