काठमाडौं । अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख बन्नु भएको छ ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी शाहलाई दिएको हो ।
शाहले पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गर्नु भएको छ ।
पार्टी सभापति लामिछानेले शाहलाई रास्वपाको लोगो लगाएर जिम्मेवारी प्रदान गर्नु भएको हो । शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्थ्यो ।
रास्वपाले बैठकपछि पत्रकार सम्मेलन आयोजना गर्दैछ । बिहीबार दिउँसो १ बजेदेखि ५ बजेसम्म नयाँ केन्द्रीय कार्यालयमा रास्वपाले चियापान कार्यक्रम पनि राखेको छ ।





प्रतिक्रिया दिनुहोस्