१२ चैत्र २०७९, आइतबार | Mon Mar 27 2023


असोज २ सम्म सबै ऐनहरु बनिसक्ने सभामुख महराको दाबी


0
Shares

काठमाडौं, भदौ २१ । सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेसम्म सबै ऐन, कानुन बनिसक्ने दाबी गरेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सभामुख महराले विधेयकहरु छलफलमा रहेकाले आफू चीन भ्रमणमा जाँदा ती ऐन, कानुन बन्ने प्रक्रियामा असर नपर्ने जिकिर गरे ।

शुक्रबार (भोलि)देखि चीनको पाँचदिने भ्रमणमा जान लागेका उनले छलफलकाक्रममा आउने अप्ठ्यारो फुकाउने अधिकार उपसभामुखलाई दिने बताए ।

सरकारले पेस गरेका २६ ओटा विधेयकमध्ये ६ ओटा संसदबाट पारित भइसकेका छन् भने २० ओटा पारित हुन बाँकी छ ।

मौलिक हकसम्बन्धी १७ ओटा विधेयकमध्ये तीनओटा प्रक्रियामै गएका छैनन् भने पाँचओटा विधेयक राष्ट्रियसभामा गएका छन् । त्यस्तै, १२ ओटा प्रतिनिधिसभामा रहेका छन् ।

व्यापार मेला, मैत्री पुल र ट्रेड हिमालय रोडसम्बन्धी कार्यक्रममा सहभागी हुन १० सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख महरा शुक्रबार चीन जान लागेका हुन् । उनी यही भदौ २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।