Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सडक निमार्ण आयोजना खारेज गरेको भन्दै भोजपुरवासी आन्दोलित


260
Shares

भोजपुर । कोशी प्रदेश सरकारले सडक निमार्ण आयोजना खारेज गरेसगैँ भोजपुरवासी आन्दोलित भएका छन् ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईको पालामा श्रोत सुनिश्चित गरी बहुवर्षीय तथा एकल वर्षीय सडकका लागि छुट्याएको आयोजना वर्तमान प्रदेश सरकारले खारेज गरेसगैँ जिल्लामा क्रियाशील राजनीतिक दल तथा नागरीक समाज आन्दोलित भएका हुन् ।

जिल्लाको उत्तरी क्षेत्र जोडने दिङ्ला–भोजपुर सडक कालोपत्रेको बजेट वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले श्रोत खारेजी तथा ठेक्का रद्द गरेको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन ।